चालक अझै भेटिएनन्

नेपालगञ्ज – ना ७ त ५१८ नम्बरको ट्याक्टरसहित राप्ती नदीमा खसेका चालक सुनिल थारु अझै भेटिएका छैनन् ।
ट्याक्टरमा रहेका तीन जनामध्येमा एकजना जीवित र एकजना मृत अवस्थामा फेला परेका थिए । चालक सुनिल भने सोमबार दिनभरी खोज्दा पनि भेटिएनन् । सशस्त्र प्रहरीको गोताखोर टोलीले आज फेरि खोजतलास गर्दैछ ।
अगैयास्थित राप्ती नदी पुलबाट रेलिङ भाँचेर ट्याक्टर नदीमा खसेको थियो । ट्याक्टरमा रहेका चूर्णबहादुर थारुको शव भेटिएको छ । अर्का ऋषि विकको जीवितै उद्धार गरिएको थियो ।
यसैबीच, अगैयाको प्रतिक्षालयमा एक जना मृत अवस्थामा फेला परेका छन् । मागेर खाने उनी प्रतिक्षालयमै मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । चूर्णबहादुर र प्रतिक्षालयमा मृत अवस्थामा भेटिएका व्यक्तिको शवलाई पोष्टमार्टमका लागि अस्पतालमा ल्याइएको छ । बैजापुरमा आज विहान एकजनाले आत्महत्या गरेका छन् । घरभित्रै झुण्डिएर आत्महत्या गरेका उनको शवलाई पोष्टमार्टमका लागि ल्याइदैछ ।


error: यो सुविधा उपलब्ध छैन !