एमसीसीको विरोधमा राँके जुलुश, राजतन्त्रको नारा

नेपालगञ्ज – देशभक्त राष्ट्रवादी समूह, बाँकेले नेपालगञ्जमा राँके जुलुश निकालेको छ ।
एमसीसीको विरोधमा समूहले नेपालगञ्जको त्रिभुवनचोकमा राँके जुलुश निकालेको हो । नेपालगञ्जको वडा नं. ८ को वडा कार्यालय अगाडिबाट निकालेको राँके जुलुश त्रिभुवनचोकमा आएर समापन भएको थियो । त्यसक्रममा उनीहरुले एमसीसीसँगै गणतन्त्रको विरोध गर्दै राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए ।


समूहका बाँके संयोजक भुवन श्रेष्ठले एमसीसी ल्याएर नेपालमा अमेरिकी सेनाको परेडस्थल बन्न नदिइने बताउनुभयो ।
राँके जुलुशमा शाही शासनकालका नेपालगञ्जका मेयर विपिन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !