एकजनाको शव भेटियो

 

नेपालगञ्ज – राप्ती नदीमा ट्याक्टरसहित खसेका दुईमध्ये एकजनाको शव फेला परेको छ ।
बैजापुरबाट कुसुमतिर जादै गरेको ना ७ त ५१८ नम्बरको ट्याक्टर अगैयास्थित राप्तीपुलबाट नदीमा खस्दा चालकसहित दुई जना बेपत्ता भएका थिए । दुई जनामध्येमा एकजना चूर्ण थारुको शव भेटिएको प्रहरीले बताएको छ । ट्याक्टर चालक सुनिल थारुको खोजी भइरहेको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय शव खोज्न लागि परेका छन् । ट्याक्टर निकाल्ने प्रयास भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !