बालुवा बोक्नेलाई मुद्दा

नेपालगञ्ज – राप्ती नदीबाट बालुवा बोकेर आउँदै गरेका तीन वटा ट्याक्टर पक्राउ गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार, राप्ती नदीबाट अवैध रुपमा बालुवा राखेर ल्याउदै गरेको तीन वटा ट्याक्टरसहित ६ जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरुलाई मुद्दा चलाएर कारबाही प्रक्रिया अघि बढाइएको छ ।
प्रजिअ कुरुम्बाङले जरिवाना तिराउनेमात्रै नभई मुद्दा नै चलाउन थालेको बताउनुभयो । ‘जरिवाना तिरायोे छुटेर गइहाल्छन् । फेरि त्यही काम गर्छन् । मुद्दा चलाएपछि २२-२५ दिन थुनिन्छन्, प्रजिअ कुरुम्बाङले भन्नुभयो, हामीले मुद्दा चलाएर अघि बढ्ने निर्णय गरेका छौं ।’


error: यो सुविधा उपलब्ध छैन !