दूधको भाडोमा सुर्ती

नेपालगञ्ज – मोटरसाइकलमा दुवैतिर दूधको भाडो झुण्ड्याएको छ । कतै दूध पोखिन्छ कि जसरी डेरीले राम्ररी बाँधिएको छ । राप्तीपारीबाट हुँइकिएर आएको यो मोटरसाइकल कम्दी प्रहरीको नजरमा पर्यो ।
प्रहरीले रोकेर जाँच गर्दा दूधको भाडोमा सुर्ती फेला परेको छ । यो आज विहान साढे १० बजेको घटना हो । भे ४ प ५७६७ नम्बरको मोटरसाइकलमा राप्तीसोनारी–७, झगडियाका राकेशकुमार गद्दी र सबान गद्दीले दूधको भाडोमा सुर्ती राखेर ल्याएका थिए । दूधको भाडोलाई जाँच गर्दा सय पोका सुर्ती फेला परेको हो । एउटा पोकामा २० वटा प्याकेट हुन्छ ।
लकडाउनले गर्दा सुर्तीजन्य पदार्थको सटेज देखिएको छ । यही मौकामा चौका हान्न कस्सिएका गद्दीद्वय प्रहरी फन्दामा परेका छन् । अहिले एक प्याकेट सुर्तीको मूल्य ४० रुपैया पर्ने गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !