सति अनुसुया, डीएनए र दत्तात्रेय

नेपालगञ्ज – म सानी छँदा एउटा चलचित्र हेरेकी थिए, सति अनुसुया । उनका पति दृष्टि बिहीन थिए र उनी चरम गरिबीमा ह्वील चेयरमा पतिलाई गुड्काउदै भिक्षाटन गरेर जीबिका चलाउँथिन् ।
चलचित्रको त्यो दृश्यले मलगायत सबै दर्शकलाई स्तब्ध बनायो । त्यो देखेर मलाई लाग्थ्यो सतिले यस्तो पो गर्नु पर्दाे रहेछ । तर वास्तबिक जीवनमा भने त्यस प्रकार भिक्षाटन गर्ने व्यक्ति समाजको नजरमा हेय मानिदोरहेछ । त्यतिखेर मैले छुट्याउन जानिन कि उनी किन इतिहासकी पात्र भइन् ? ब्रम्ह, बिष्णु र महादेव उनी नुहाउदा उनी कहाँ भिक्षाटन गर्न आएका र उनले उनीहरुलाई नग्न भएर भिक्षा दिए मात्र लिने अन्यथा श्राप दिने भनी प्रस्ताव राखे । त्यस पछि ती तिनै जनालाई बालक बनाई राखेको घटनाले मलाई प्रभाबित गर्यो । केही बर्षको अन्तराल पछि यो कथालाई विज्ञानसित जोडेर हेर्दा यो घटना बुझ्न म असफल भएँ भने मनोरञ्जनको लागी मात्र रचित काल्पनिक पात्र मान्न म तयार छैन । किनभने सति अनुसुया पुत्र दत्तात्रेयका सन्तानलाई आत्रेय गोत्री भनिन्छ र म पनि त्यही गोत्रकी सन्तान हुँ ।
तात्कालीन अवस्थामा लेखन व्यवसायले व्यापकता पाएको थिएन तसर्थ त्यतिबेला स्मृती (पढेका कुरालाई घोकेर सम्झना राख्ने) श्रृती (भनिएका कुरालाई सुनेर सम्झनामा राख्ने) को व्यापकता थियो । जसले गर्दा कथा वाचकले आफ्नो अनुकलतामा ज्ञान र अभिरुची अनुसार घटनाक्रमहरुलाई थप्दै जोड्दै लगेको हुनुपर्छ भन्ने मेरो बुझाई छ ।
अव प्रश्न उठ्छ की अनुसुया को थिइन् ? र, त्रिदेव एकै पल्ट उनको कुटीमा किन आए ? अर्थात आउनुको प्रयोजन के थियो ? त्रिदेव स्वयम एउटी सति स्त्रीको घरमा आउनु अत्यन्तै महत्वपूर्ण कार्यको प्रयोजन हुनुपर्छ । उनले तिनै जनालाई ६ महिनासम्म बालक बनाइ राखिन् । श्रुती अनुसार, अनुसुया र ऋषि अत्रिले त्रिदेवलाई पुत्र रुपमा प्राप्त गर्न घोर तपस्या गरे र बरदान प्राप्त गरे । यो कुरा त्रिदेवीहरु (लक्ष्मी, सरस्वती र काली ) लाई थाहा भयो । तसर्थ सतिको परीक्षा लिन र बरदान पुरा गर्न त्रिदेव उनी कहाँ भेष बदलेर भिक्षा माग्न गए । अनुसुयाले भिक्षा दिन खोज्दा नग्न रुपमा दिए मात्र भिक्षा लिने शर्त उनी सामु राखे । उनीहरुको विचार सुनि सतिले आफ्नो सतित्वबलले त्रिदेवहरुलाई ६÷६ महिनाको शिशु बनाएर भिक्षा दिइन् र केही समय पालिन् पनि भन्ने जनश्रृती छ भने कतै त्रिदेवलाई एकै पल्ट पृथ्वी छोड्नु पर्ने भएकाले उनीहरुको अनुपस्थितिमा उनीहरुकै गुण, धर्म अनी क्षमता भएको व्यतिmको पनि आवश्यकता अनुभव गरी मृत्युलोकको रक्षा गर्न । जब त्रिदेवीले आफ्नो भूल स्वीकार गरि सतीसित क्षमा याचना गरे पश्चात आ–आफ्ना पतिहरुलाई फर्काउन अनुरोध गरे अनि उनले पुनः पूर्ववत रुपमा उनीहरुका पति त्रिदेवलाई फर्काइ दिइन् र त्रिदेवले पनि आशिर्वाद दिए र तत्पश्चात दत्तात्रेय, दुर्वासा र चन्द्र जन्मे भन्ने भनाई छ । दत्तात्रेयमा बिष्णु, दुर्वासामा शिव र चन्द्रमा ब्रम्हको गुण आयो भन्ने पनि भनाई छ । केही वर्ष पश्चात दुर्वासा ऋषि र चन्द्र ऋषि तपस्या गर्न गएपछि आफ्नो, शिवजी र ब्रम्हका गुणहरु समेत दत्तात्रेयलाई प्रदान गरे । यस प्रकार दत्तात्रेयमा त्रिदेवका गुणहरु समाहित भयो भन्ने भनाई छ । यदि माथी उल्लेख गरिएका कुराहरुलाई आजको बैज्ञानिक परिप्रेक्षसित गाँसेर हेर्ने हो भने आज टेष्ट ट्युव बेबीको चिकित्साको दुनियामा व्यापकता छ । त्यस्तै डीएनएबाट पनि मान्छे सिर्जन गर्न सकिने कुरा पनि बैज्ञानिकहरुले स्वीकार गरिसकेका छन् । सबै भन्दा महत्वपूर्ण कुरो तात्कालीन ऋषि मुनिहरु त्यस समयका अनुसन्धानकर्ता थिए । जसबारे हिन्दुहरुले व्यापक खोजी र अनुसन्धान गर्नु आजको दुनियाको आवश्यकता हो र अंग्रेजीमा भन्नु पर्दा ऋषिहरु तात्कालिन रिसर्चर थिए । त्यतिबेला डीएनएबाट जीवको स्वरुप दिने ज्ञान सम्भवत अनुसुयासित भएको र चारै जना सति अनुसुया र त्रिदेव भएर दत्तात्रेयको रचना गरेको हुनुपर्छ । जसकारणले त्रिदेव, त्रिदेवी सबै सति सामु नतमस्तक भएका थिए ।
पाठक बर्ग, यी मेरा भनाईहरु अनुमानमा आधारित छन् । वास्तविकता के हो ? खोज हुन आवश्यक छ । यसवारे सम्पूर्ण सनातनीहरु अन्योलमा छौ तर यो अन्योलता कहिलेसम्म ? हाम्रा महत्वका विषयमा पितापुर्खाले गरेका अध्ययन अनुसन्धानबारे पुनः अनुसन्धान गरि बैज्ञानिकताको आधारमा पुष्टि गर्ने बेला आइसकेको छ भन्ने मेरो सोचाइ छ ।
अब ती दत्तात्रेय को थिए र उनको योगदान के थियो ? भन्ने बारे चर्चा गरौँ ।
भगवान दत्तात्रेय गुरु बंशका प्रथम गुरु मानिन्छन् प्रतिकात्मक रुपमा उनलाई तिनवटा टाउको भएको देखाइएको हुन्छ । तर उनको शीर एउटै थियो । उनलाई परब्रम्ह मूर्ती र गुरु देवदत्त पनि भनिन्छ । दत्तको अर्थ दिनु हुन्छ । उनका पिता ऋषि अत्रीले उनलाई भगवानले दिएको प्रसाद मान्थे । उनले महर्षी भृगुबाट ज्ञान प्राप्त गरेका थिए ।
देवदत्तले धेरैबाट शिक्षा लिएका थिए जसलाई उनी गुरु मान्दथे । अर्थात जसबाट जे जति गुण पाइन्छ त्यसलाई उनी उतm कुराको गुरु मान्दथे । उनका चौंबीस वटा गुरु यस प्रकार छन् ः पृथ्वी, जल, अग्नी, वायु, आकाश, चन्द्र, सूर्य, कपोत, अजिंगर, सिन्धु, पतंग, भमरा, मौरी, हात्ती मृग, माछा, पींगल, कुटर पंक्षी, बालक, कुमारी, सर्प, शरकृत, माकुरा र भृंगी आदि । यिनी कपिल ऋषिका भान्जा थिए र यिनको मावली हजुरवुबा कदम प्रजापति र मावली हजुरआमा देवभुती थिइन् । यिनका दुई भाइहरु दुर्बाषा र चद्रऋषि थिए । दत्तात्रेय गुरु बंसका प्रथम गुरु हुनुका साथै साधक, योगी र बैज्ञानिक पनि थिए । हिन्दु मान्यता अनुसार उनले पारद ऋषिबाट व्योमयान (उड्डयानको) शतिm पत्ता लगाएका थिए र चिकित्सा शास्त्रमा क्रान्तिकारी अन्वेषण समेत गरेका थिए । उनलाई शिव पन्थीले शिवको र वैष्णबले विष्णुको अवतार मान्दछन् । उनी नाथ सम्प्रदायका नवनाथ परम्पराका पनि अग्रज मानिन्छन् । उनी रशेश्वर सम्प्रदायका प्रवर्तक मानिन्छन् । उनले वेद र तन्त्र मार्गको विलय गरेर एउटै सम्प्रदाय बनाएका थिए । भनिन्छ उनले परशुराम ऋषिलाई श्री विद्या मन्त्र प्रदान गरेर उनको क्रोध र अस्थिरतालाई समाप्त पारिदिएका थिए भने शिव पुत्र स्कन्द कुमारलाई अनेक विद्या सिकाएका थिए । भतm प्रह्लादलाई अनाशतिm योगको उपदेश दिएर सर्वश्रेष्ठ राजा बनाएका थिए । मुनि संस्कृतिलाई अवधुत मार्ग, कार्तविर्यार्जुनलाई तन्त्रविद्या र नागाजुर्नलाई रसायन विद्या यिनैले प्रदान गरेका थिए । गुरु गोरखनाथलाई आशन, प्रणायाम, मुद्रा र समाधी अनि चतुरंग मार्ग पनि सिकाए । दत्तात्रेयले अष्टांग योगको पनि सुरुवात गरेका थिए । शैवनाथ परम्परामा उनी आदिनाथ सम्प्रदायको पहिलो गुरु थिए । उनी अवधुत गीताका रचियता हुन जसको अर्थ मुक्तिको गीत हुन्छ । उनको बारेमा धेरै कुराको खोज गर्न बाँकी छ । यस्ता महापुरुषलाई शतशत नमन छ । अस्तु ।


error: यो सुविधा उपलब्ध छैन !