ऐतिहासिक सहमति

काठमाडौं-निशान छाप संशोधन विधेयक संसदबाट सर्वसम्मत रुपमा पारित भएको छ ।
लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपाली भूभाग निशान छापमा समावेश गरी संविधान संशोधन गर्न प्रतिनिधिसभामा पेश गरिएको प्रस्ताव सर्वसम्मतले पारित भएको हो ।
संसदमा उपस्थित कुल २५८ जना सांसदमध्ये सबैले संविधान संशोधन पक्षमा मतदान गरेका छन्। विपक्षमा भने कुनै मत परेन। हुन्न भन्ने पनि कोही भएनन् ।
कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री शिवमाया तुम्बाहाम्फेले विधेयकमा दफावार छलफल गर्न प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।
प्रस्तावमाथिको छलफल सकिएपछि नेपालको परिवर्तित नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ पारित गरियोस् भन्ने प्रस्तावमाथि मतदान भएको थियो।


error: यो सुविधा उपलब्ध छैन !