खजुरामा रक्तदान : तुफानबाट शुरु, भीमबाट समापन
खजुरा – बाँकेको खजुरामा एक सय ५२ जनाले रक्तदान गरेका छन् ।
नेकपा खजुरा गाउँपालिका कमिटिले आयोजना गरेको रक्तदान कार्यक्रमको नेकपाका सचिव अशोक कोइरालाले उद्घाटन र खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले समापन गर्नुभयो । डम्बर विक तुफानले रगत दिएर शुरु भएको रक्तदानको अन्तिममा भीम वलीले रक्तदान गर्नु भएको थियो ।
लामो समय लकडाउन भएकाले यो बेलामा रगतको अभाव हुन नदिन नेकपा खजुराले रक्तदान कार्यक्रम गरेको थियो । रक्तदान कार्यक्रममा नेकपाका कार्यकर्ता, लियो, लायन्स क्लव, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थीको सहभागिता रहेको थियो । नेपाल रेडक्रस सोसाइटी, क्षेत्रीय सञ्चार केन्द्र, नेपालगञ्जको समन्वयमा रक्तदान गरिएको थियो ।