१८ जना पुष्टि, एउटा फ्लोअपको रिपोर्ट
नेपालगञ्ज – बाँकेमा १८ जना कोरोना संक्रमित थपिएका छन् ।
भेरी अस्पताल, नेपालगञ्जले जिल्लाको १९ जनाको विवरण सार्वजनिक गरेपनि एकजना फ्लोअप रिपोर्ट रहेको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
भेरीका अनुसार, नेपालगञ्ज–२२ का २२ वर्षीय पुरुष, राप्तीसोनारी वडा नं. ५, ८ र ९ नम्बर वडाका १५ जनामा कोरोना पुष्टि भएको छ । तर, फोकलपर्सन श्रेष्ठले त्यसमध्येमा एकजना फ्लोअपको रिपोर्ट भएको बताउनुभयो । खजुरामा तीन जना थपिएका छन् ।
भेरीमा जाँच गरिएको रोल्पाका १७ र बर्दियाका ६ जनामा पनि कोरोना देखिएको छ । रोल्पाको १२ जना सुनिलस्मृति र ५ जना बमरुकका छन् । बर्दियाको सबै ६ जना नै बारबर्दियाका हुन् ।