बाँकेमा थपिए आठ जना

नेपालगञ्ज – बाँकेमा थप आठ जनामा कोरोना पुष्टि भएको छ ।
आठ जनामध्ये तीन जना नेपालगञ्ज र पाँच जना खजुराका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं. ४ मा ४९ वर्ष, १३ नम्बरमा २४ र २० नम्बरमा ३२ वर्षका पुरुषमा कोरोना देखिएको हो ।
भेरी अस्पताल, नेपालगञ्जमा दोस्रो पटक साँझ सार्वजनिक गरेको सूचीमा खजुराको वडा नं. २ की २३ वर्षीया महिला, वडा नं. ३ को ४३ वर्षीय पुरुष, वडा नं. ४ का ३५ वर्षीया महिला र ३६ वर्षीय पुरुष र वडा नं. ५ का एकजनामा कोरोना देखिएको हो ।
बर्दियाका एकजनामा पनि कोरोना पुष्टि भएको छ । मधुवनका एकजना १८ वर्षीय किशोरमा कोरोना देखिएको हो ।
यसअघि भेरीले एक बजे सार्वजनिक गरेको विवरणमा बाँकेका एक र बर्दियाका १८ जनामा कोरोना देखिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !