महेन्द्रका २६ जनाको आरडीटी पोजिटिभ

नेपालगञ्ज – नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा आरडीटी जाँच गर्दा २६ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
क्याम्पसमा रहेका दुई सय जनामा आरडीटी जाँच गर्दा २६ जनाको रिजल्ट पोजिटिभ आएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो । क्याम्पसमा करिव पाँच सय मानिस छन् ।
यसअघि क्याम्पसमा २२ गते आरडीटी जाँच गर्दा १६ जनामा पोजिटिभ देखिएको थियो । त्यही १६ जनामध्येमा तीन जनाको सोमबार पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले आरडीटी पोजिटिभ आएका २६ जना र वडा नं. १ र १२ मा यसअघि पोजिटिभ देखिएका व्यक्तिको सम्पर्कमा रहेका ३० जनाको पीसीआर जाँचका लागि स्वाव लिएको छ । उपमहानगरपालिकाले आफैले भीटीएम खरिद गरेर स्वाव लिएको चन्दले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !