२९ जनाले कोरोना जिते, घर जादै
नेपालगञ्ज – बाँकेमा आज २९ जनाले कोरोना जितेर घर फर्किदै छन् ।
कोहलपुरको पिपिरीस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा बसेका नरैनापुरका २२ र राप्तीसोनारीका ७ जना कोरोना जितर घर जादैछन् । स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले आज नरैनापुर वडा नं. ४ का एकजना, वडा नं. ६ का दुई जना र वडा नं. ५ का १९ जना, राप्तीसोनारीको वडा नं. २ का तीन जना, ८ नम्बरका तीन जना र ९ नम्बरका एकजना डिस्चार्ज हुने जानकारी दिनुभयो ।
आज घर जान थालेका नरैनापुरका बिरामीलाई नेपालगञ्ज ल्याउन साह्रै सकस भएको थियो । स्थानीयले विरोध गरेका थिए । उनीहरु आउन मानेका थिएनन् । त्यसमा फेरि कोहलपुरका स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई पिपरीमा राखेको थियो ।
बाँकेमा शुरुवाती चरणमा कोरोना देखिएका सबैजसो घर फर्किसकेका छन् । सोमबार २० जना घर फर्किएका थिए । आजसमेत गरेर ९७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुन थालेका सबैको पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ ।