डिस्चार्ज गरिएका पोजिटिभ डेन्टलमा
नेपालगञ्ज – कोरोना विशेष अस्पताल, बेलझुण्डी दाङले घर पठाएका नरैनापुरका तीन जनालाई नेपालगञ्जमा ल्याएर आइसोलेसन सेन्टरमा राखिएको छ ।
स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका अनुसार भन्दै पोजिटिभ रिपोर्ट हुँदाहुँदै बेलझुण्डीले उनीहरु आइतबार घर पठाइदिएको थियो । पोजिटिभलाई घर पठाइएपछि स्थानीयले चर्को विरोध गरेका थिए । उनीहरुलाई सोमबार दिउँसो नेपालगञ्ज ल्याएर आइसोलेसन सेन्टरमा राखिएको छ । नरैनापुरका अरु ११ जना बसिरहेको नेपालगञ्जको लायन्स डेन्टल आइसोलेसन सेन्टरमा उनीहरुलाई राखिएको छ ।
बाँकेमा नयाँ निर्देशिका अनुसार डिस्चार्ज गरिएको छैन । अन्तिम रिपोर्ट पोजिटिभ आएका व्यक्तिलाई घर पठाउने गरिएको छ ।