आफन्तीले हेरिरहे, संक्रमित जोगागाउँ आए

नेपालगञ्ज – जानकी गाउँपालिकाका कोरोना संक्रमितलाई एकै ठाउँमा व्यवस्थित गरी राखिएको छ ।
जानकीको वडा नं. १ का विभिन्न ठाउँमा रहेका ४० जनामा कोरोना देखिएपछि उनीहरुलाई शुक्रबार जोगागाउँ स्कूलमा ल्याइएको छ । जोगागाउँ पनि जानकीमै पर्छ । जोगागाउँमा नेपालगञ्ज–१२ का एकजनासमेत परेका छन् । जानकीकै क्वारेन्टाइनमा रहेका उनीमा कोरोना देखिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकीका विभिन्न स्कूलमा रहेका नेपालगञ्जका एकजनासहित ४१ जनालाई जोगागाउँ स्कूलमा ल्याइएको जानकारी दिनुभयो । जोगागाउँ स्कूल फराकिलो हुनुका साथै स्वास्थ्यकर्मीसमेत रहने गरी व्यवस्थापन गरिएको छ ।


विभिन्न स्कूलमा रहेका कोरोना संक्रमितलाई जोगागाउँमा ल्याउने क्रममा उनीहरुका आफन्तीहरु हेर्न आएका थिए । ठूलो संख्यामा जम्मा भएका आफन्तीले टाढाबाटै हेरेर बिदाई गरेका थिए ।
जानकीमा १८ गते संकलन गरिएको १ सय १३ स्याम्पलमा ४१ पोजिटिभ आएको छ भने ७२ स्याम्पलको रिजल्ट आउन बाँकी रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !