लकडाउनमा कट्, हिरासतमा बास

नेपालगञ्ज – चैत्र ११ गतेदेखि लकडाउन छ । लकडाउनले बहुसंख्यकलाई खानपिनमै समस्या पारेको छ । एकथरीले भने ठूलो हारजीत हुने गरी दाउमा पैसा लगाइरहेको पाइएको छ ।
बाँकेको जानकी–६, कोठारपुरमा एउटा खाजाघरमा बसेर मस्त कट खेलिरहेका १३ जनालाई प्रदेश ब्यूरोको टोलीले पक्राउ गरेको छ । खाल र जुवाडेको खल्तीमा गरेर दुई लाख २१ हजार रुपैया बरामद भएको छ ।
इलाका प्रहरी कार्यालय, कोहलपुरको हिरासतमा रहेका १३ जनालाई शुक्रबार नै म्याद थप गरिएको छ । उनीहरुलाई जुवा ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !