नौ जनामा आरडीटी पोजिटिभ

नेपालगञ्ज – नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा बसेका नौ जनामा आरडीटी पोजिटिभ देखिएको छ ।
क्याम्पसमा रहेकामध्ये एक सय २३ जनाको आरडीटी जाँच गरिएको थियो । त्यसमा नौ जनामा पोजिटिभ देखिएको हो । क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा ४ सय ८२ जना बसिरहेका छन् । क्वारेन्टाइनमा बसेको दश दिन पुगेका व्यक्तिलाई आरडीटी जाँच गर्ने गरिएको छ ।
आरडीटी पोजिटिभ देखिएका नौ जनाको पीसीआर जाँचको तयारी गरिएको छ । उनीहरुको स्वाव लिने तयारी भएको छ । भारतबाट भित्रिएका नेपालगञ्ज उपमहानगरपालिकाका मानिसलाई क्याम्पसमा राख्ने गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !