बाँकेमा ४२ जना थपिए, जानकीमा पनि देखियो कोरोना

नेपालगञ्ज – बाँकेमा ४२ जना संक्रमित थपिएका छन् ।
भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा नेपालगञ्ज उपमहानगरपालिका र जानकी गाउँपालिकामा गरेर ४२ जना संक्रमित थपिएका हुन् । संक्रमितहरु १५ देखि ३५ वर्षका रहेका छन् ।
बाँकेको जानकी गाउँपालिकामा पनि कोरोना देखिएको हो । जानकी गाउँपालिका वडा नं. १ का ४० जनामा कोरोना देखिएको छ । बिहीबार थपिएकोमा नेपालगञ्जको वडा नं. १२ र १५ का एक/एक जना रहेका छन् ।  योसँगै बाँकेमा संक्रमितको संख्या दुई सय ५५ जना पुगेका छन् । नेपालमा बिहीबार नेपालमा तीन सय ३४ जना थपिएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार ६ सय ३४ जना पुगेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !