चार हजार एक सयको ‘पीसीआर’

नेपालगञ्ज – बाँकेमा चार हजार एक सय ६५ जनाको पीसीआर जाँच गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, स्याम्पल लिइएका मध्ये तीन हजार नौ सय ५२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । २ सय १३ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
पालिकावाइज स्याम्पल कलेक्सनको तथ्यांक हेर्दा सबैभन्दा धेरै नेपालगञ्ज उपमहानगरपालिकामा कोरोना परीक्षण गरिएको छ । नेपालगञ्जमा एक हजार पाँच सय २३ जनाको स्याम्पल लिइएको छ । नेपालगञ्जमा ३० जना संक्रमित देखिएका थिए ।
जिल्लामा सबैभन्दा संक्रमित देखिएको नरैनापुरमा ९ सय ९६ जनाको पीसीआर जाँच गरिएको छ । नरैनापुरमा एक सय १६ जनामा कोरोना देखिएको थियो ।
त्यस्तै, कोहलपुर नगरपालिकामा एक सय १५, खजुरामा ३ सय ३८, जानकीमा एक सय २०, बैजनाथमा ४१, डुडुवामा एक सय ८०, राप्तीसोनारीमा २ सय ७३, भेरी अस्पतालमा एक सय ४६, नेपालगञ्ज मेडिकल कलेजमा एक सय २२, आर्मी अस्पतालमा नौ, धार्मिक स्थलहरुमा ३ सय २ जनाको स्याम्पल संकलन गरिएको थियो ।
जिल्लामा भारतबाट आउने र क्वारेन्टाइनमा बस्ने क्रम बढिरहदा पीसीआर जाँचको दायरा पनि बढाउदै लगिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !