‘लकडाउन खुलेको तीन महिनापछि कर तिर्ने व्यवस्था गर’

नेपालगञ्ज – नेपालगञ्ज उद्योग बाणिज्य संघले सरकारले कर तिर्न थप गरेको समय पनि अर्याप्त भएको भन्दै आन्दोलन शुरु गरेको छ ।
अर्थमन्त्रालयले जेठ २५ गतेभित्र कर तिर्नुपर्ने पुरानो निर्णय खारेज गरी कर तिर्ने समय असार ७ गते थप गरेपनि समय अपर्याप्त भएको संघले जनाएको छ । संघका पदाधिकारी तथा व्यवसायीहरुले बिहीबार विभिन्न प्लेकार्ड बोकेर सडकमा प्रदर्शन गरेका हुन् ।
‘लकडाउन खोलेको तीन महिना पछि कर तिर्ने व्यवस्था गर्नुपर्ने, महामारीको बेलामा कर तिर्न बाध्य नपार, उद्योग व्यवसाय बन्द रहेको समयमा कर तिर्न असमर्थ छौं, उद्योग व्यवसाय बन्द, कसरी कर तिर्ने ?, आहत होइन, राहत चाहियो सरकार’लगायत लेखेको प्लेकार्ड बोकेर व्यवसायीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
त्रिभुवनचोकस्थित नेपालगञ्ज उद्योग बाणिज्य संघको कार्यालय अगाडि विभिन्न मागहरु लेखेका प्लेकार्ड बोकेर व्यवसायीहरु उभिएका थिए ।
संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले लकडाउन खुलेको तीन महिनापछि कर तिर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो । ‘अहिलेको अवस्थामा कर तिर्न सकिदैन, अध्यक्ष मन्सुरीले भन्नुभयो, उद्योग व्यवसाय बन्द छ । कसरी कर तिर्ने ?’
संघका महासचिव चिरञ्जीवी ओलीले सरकारले राहत दिनु पर्ने ठाउँमा व्यवसायीलाई कस्ने नीति लिएर आहत दिएको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !