समोसाको विषयमा क्वारेन्टाइनभित्रै मर्ने गरी कुटाई !

 

 

नेपालगञ्ज – बाँकेको बैजनाथ गाउँपालिकाको एक क्वारेन्टाइनमा भित्र बसेका व्यक्तिलाई मरणासन्न हुने गरी कुटिएको छ ।
श्री नेपाल राष्ट्रिय विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका करणबहादुर सारुमगरलाई बेहोस हुने गरी हानिएको हो । क्वारेन्टाइनभित्र नास्ताको रुपमा ल्याएको समोसाका विषयमा सामान्य विवाद हुँदा करणलाई कुटिएको थियो ।
क्वारेन्टाइनमा बार बनाउनका लागि ल्याइएको ‘खन्ता’ले टाउकोमा हान्दा करण बेहोस भएको प्रहरीले बताएको छ । करणको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ । सिटी स्क्यान, एक्सरे गरिएको छ । करणका अनुसार, समोसा ल्याइएको थियो । मलाई पनि दिए । केहीले पाएका थिएनन् । उनीहरुलाई पनि दिनु भन्दा एक्कासी कुटे । गाउँका स्थानीयले कुटेका हुन् ।
बाँके प्रहरीले नास्ताको विषयमा विवाद हुँदा खाजा बनाएर ल्याइदिने व्यक्तिले खन्ताले टाउकोमा हानेको बताएको छ ।


error: यो सुविधा उपलब्ध छैन !