डुडुवामा सात जना थपिए

नेपालगञ्ज – बाँकेमा सात जना कोरोना संक्रमित थपिएका छन् । थपिएका सबै डुडुवा गाउँपालिकाका रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँके एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, डुडुवा–२ का १८, २६ र ३५ वर्ष, डुडुवा–३ का १७, १९ र २६ वर्ष, डुडुवा–४ का १८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
बाँकेमा कोरोना संक्रमितको संख्या एक सय ९६ जना पुगेको छ । सोमबार नेपालमा २ सय २६ जना कोरोना संक्रमित थपिएका छन् । अहिलेसम्म नेपालमा एक हजार सात सय ९८ जना संक्रमित पुगेका छन् । जसमा एक हजार ६ सय ६७ पुरुष र एक सय ३१ जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, ५९ जिल्लामा कोरोना फैलिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !