दुर्घटनामा परेका सबैको पीसीआर रिपोर्ट नेगेटिभ

नेपालगञ्ज – बाँकेको ठुरिया जंगलमा फोर्स गाडी दुर्घटनामा परेका सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
मध्यराती गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने २१ जना घाइते भएका छन् । भेरी अस्पताल, नेपालगञ्जले मृतक तथा घाइते सबैको कोरोना जाँच गरेको थियो । विहान स्वाव लिएर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
भारतका विभिन्न शहरबाट आएका ३३ जना ना ५ ख ५९९५ नम्बरको फोर्स गाडीमा सल्यान जादै गर्दा दुर्घटनामा परेका थिए । मृतकको ठेगानासहित सनाखत हुन सकेको छैन ।


error: यो सुविधा उपलब्ध छैन !