यो वर्षकै बढी गर्मी

नेपालगञ्ज – नेपालगञ्जमा आज यो वर्षकै बढी गर्मी भएको छ ।
जल तथा मौसम विज्ञान कार्यालय, फिल्ड अफिस राँझाका अनुसार, आइतबार पाँच बजेर ४५ मिनेटमा मापन गरिएको नेपालगञ्जको तापक्रम ३९.५ डिग्री रहेको छ । न्यूनतम तापक्रम २६.३ डिग्री रहेको छ ।
फिल्ड कार्यालयका प्रमुख पलबहादुर विकले आजको तापक्रम यो वर्षकै अधिक रहेको जानकारी दिनुभयो ।
पानी नपर्दा नेपालगञ्जमा गर्मी बढ्दो क्रममा रहेको छ । नेपालगञ्जमा यसअघि मे २१ तारिखमा ३९ डिग्री तापक्रम थियो । सन् २०१९ को मे २० मा नेपालगञ्जको तापक्रम ४३.५ डिग्री मापन गरिएको थियो । यो गतवर्षको अधिक तापक्रम हो ।
नेपालगञ्ज गर्मीमा अत्याधिक गर्मी र जाडोमा जाडो हुने शहरको रुपमा चिनिन्छ ।


error: यो सुविधा उपलब्ध छैन !