आइसोलेसन सेन्टरका लागि २० लाख माग
नेपालगञ्ज – बाँकेमा आइसोलेसन सेन्टर बनाउनका लागि प्रदेश सरकारसँग बीस लाख रुपैया माग गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा आइतबार बसेको कोभिड क्राइसीस म्यानेजमेन्ट सेन्टरको बैठकले हाल सञ्चालनमा रहेका आइसोलेसन सेन्टरलाई व्यवस्थित गर्न र नयाँ आइसोलेसन सेन्टर स्थापनाका लागि सामाजिक विकास मन्त्रालय, ५ नम्बर प्रदेशसँग उक्त रकम माग गरिएको हो ।
बैठकले संक्रमितलाई सम्बन्धित पालिकामा आइलोसेलन सेन्टर बनाएर राख्ने रणनीति अघि सारेको छ । बिरामी देखिएको पालिकामा मापण्ड अनुसारको ५० बेडको आइसोलेसन सेन्टर बनाएर सञ्चालनमा ल्याउन पालिकाहरुलाई अनुरोध गरिएको छ । पछिल्लो रणनीति अनुसार, लक्षण देखिएका बिरामीलाई आइसोलेसन अस्पताल र लक्षण नदेखिएका बिरामीलाई आइसोलेसन सेन्टरमा राख्ने गरिएको छ ।
बैठकले बिरामीलाई आइसोलेसन अस्पताल र सेन्टरमा पु¥याउन चार वटा अस्पतालको एम्बुलेन्सलाई चौविस घण्टा नै तयारी अवस्थामा राखिएको छ । एम्बुलेन्सले बिरामी ल्याइसकेपछि त्यसको पैसा भने सम्बन्धित पालिकाले दिनु पर्नेछ ।
बाँकेमा हाल ६४ वटा क्वारेन्टाइनमा एक हजार नौ सय ६४ जना बसिरहेका छन् । थपिने क्रम जारी नै रहेको छ ।