रातीदेखि नरैनापुर निषेधित क्षेत्र

नेपालगञ्ज – नरैनापुर गाउँपालिकालाई आज रातीदेखि निषेधित क्षेत्र घोषणा गरिएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले राती ८ बजेदेखि नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरेको हो । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले आज राती आठ बजेदेखि अर्को सूचना नभएसम्मका लागि नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको जानकारी दिनुभयो ।
‘नरैनापुरलाई जोखिमयुक्त क्षेत्र मान्दै निषेधित क्षेत्र घोषणा गरिएको छ, सहायक प्रमुख जिल्ला अधिकारी प्याकुरेलले भन्नुभयो, यो नरैनापुरको सबै क्षेत्रमा लागु हुन्छ । निषेधित क्षेत्र घोषणासँगै त्यहाँ नेपाली सेनाको उपस्थिति रहन्छ ।’
ठूलो समूहमा जम्मा हुने, कोरोनाबारेमा भ्रम फैलाउने, क्वारेन्टाइनमा रहेकालाई भगाउनेसम्मको काम भएपछि नरैनापुरमा यस्तो निर्णय गरिएको हो । नरैनापुरमा एक सय १४ जना संक्रमित भइसकेका छन् । त्यसमध्येमा एकजनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !