बीग्रुपद्वारा स्वास्थ्य सामाग्री सहयोग

नेपालगञ्ज – भेरी वातावरणीय विशिष्टता समूह (बीग्रुप), नेपालगञ्जले कोरोना संक्रमण रोकथाममा प्रयोग हुने स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
शुक्रबार केयर नेपालको सहयोगमा बीग्रुपले बाँकेका कोरोनाको उच्च जोखिममा रहेका नरैनापुर गाउँपालिका, नेपालगञ्ज उपमहानगरपालिका र भेरी प्रादेशिक अस्पताललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रयोग हुने ब्यक्तिगत सुरक्षा सामाग्री हस्तान्तरण गरेको हो ।
भेरी प्रादेशिक अस्पताललाई केएन ९५ मास्क २ सय थान, डिस्पोजल टोपी ५ सय थान, ग्लोब्स ३० थान, थर्मोमिटर २ थान, शु कभर ३ सय थान हस्ताण्तरण गरिएको छ ।


नेपालगञ्ज उपमहानगरपालिकालाई सर्जिकल मास्क ३ हजार थान, ५ थान पीपीइ, ७० थान एन ९५ मास्क, डस्पोजल ग्लोब्स ४ थान, ८ सय थान सर्जिकल्स मास्क, थर्मोमिटर ३ थान र स्यानीटाइजर एकसय एमएलको ३० थान र ५ सय एमएलको ३० थान प्रादन गरिएको छ ।
नरैनापुर गाउँपालिकालाई पीपीइ ५ थान, एन ९५ मास्क ५० थान, डिस्पोजल क्याप ५० थान, ग्लोब्स २ थान, थर्मोमिटर २ थान, शु कभर ४ थान र सर्जिकल्स मास्क ८ सय थान उपलब्ध गराइएको छ ।
ती सबै सामाग्री केयर नेपाल र बीग्रुपका प्रतिनिधिहरूले भेरी अस्पतालका डा. प्रकाश थापा, नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा र नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराललाई हस्तान्तरण गरेका हुन् ।


error: यो सुविधा उपलब्ध छैन !