बाँकेमा १४ जना थपिए

नेपालगञ्ज – बाँकेमा १४ जना कोरोना संक्रमित थपिएका छन् । २१ जना निको भएर घर गएकै दिन आज १४ जना नयाँ बिरामी थपिएका हुन् । एकजना राप्तीसोनारी र १३ जना नरैनापुरका थपिएका छन् । थपिएकाहरु १८ देखि ६१ वर्षका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार, आज २० जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५ सय ७ पुगेको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ३ जना, डडेलधुराका १ जना, बैतडीका १ जना, भेरी अस्पतालका बाँकेका १४ जना र कोशी अस्पतालका मोरङका १ जना पुरुष थपिएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !