टोल विकास समितिद्वारा रक्तदान

नेपालगञ्ज – स्वर्गद्वारी टोल विकास समिति, नेपालगञ्जले आयोजनामा १८ जनाले रक्तदान गरेका छन् ।
विश्वव्यापी रुपमा कोरोना भाइरसको कारण सबैतिर लकडाउनको बेला रगतको अभावलाई मध्यनजर गरी नेपालगञ्ज उपमहानगर पालिका वडा नं. १२ स्वर्गद्वारी टोल विकास समितिले आज शुक्रबार रक्तदान गरेको हो ।
स्थानीय समाजसेवी रोमाराम पण्डीतको अगुवाईमा भएको रक्तदान कार्यक्रममा दुई जना महिलासहित १८ जना रक्तादाताहरुले रक्तदान गर्नु भएको छ । रक्तदान गर्नेहरुमा सुनील पोख्रेल, अभिषेक खनाल, सुभास पण्डीत, आदेश शर्मा, राजेश पण्डीत, सुधीर गौतम, अल्का शर्मा, सुदीप गौतम, नारायण पण्डीत, विनोद गौतम, कमल ऋषिराम पोखरेल, प्रविण रेग्मी, जगत राम चौधरी, विष्णु चालिसे विश्वास योगी, नीषा खड्का, होम राज गिरी हुनुहुन्छ ।


सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित मध्यपश्चिम क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रका होमराज गिरि र केशर सिंह डाँगीले प्राविधिक सहयोग गर्नु भएको थियो ।
स्वाथ्य विज्ञानका अनुसार नियमित रक्तदान गर्ने पुरुषहरुमा हुनसक्ने आइरन ओभर लोड कम हुन जान्छ र हृदयाघात हुने सम्भावना ८८ प्रतिशत कम हुन्छ । आइरन बढी हुने भएकोले नियमित रक्तदान गर्ने पुरुषहरुमा मधुमेह र क्यान्सर रोग हुने सम्भावना कम हुन्छ । रक्तदान गरेपछि शरीरमा नयाँ रक्त कोशिकाहरु बन्ने हुँदा रक्त प्रणाली पुनर्ताजगी हुन्छ र रक्तदान गरे जति रगतको मात्रा ४ साता भित्र तयार हुने हुँदा हरेक तीन महिनाको फरकमा रक्तदान गर्दा शारीरिक रुपमा पनि स्फुर्ती आउने बताइन्छ ।


error: यो सुविधा उपलब्ध छैन !