बाँकेमा दुई जना थपिए
नेपालगञ्ज – बाँकेमा दुई जना कोरोना संक्रमित थपिएका छन् ।
बाँकेको खजुरा र नरैनापुरमा एक÷एक जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार, खजुरा–३ मा ४२ वर्षीया महिला र नरैनापुर–३ मा ३२ वर्षीय पुरुषमा कोरोना देखिएको हो । बाँकेको दुईसहित कपिलबस्तुमा १९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
बाँकेमा कोरोना संक्रमितको संख्या एक सय एक पुगेको छ । त्यसमा एकजनाको मृत्यु भएको छ । पछिल्लो दिनमा खजुरामा संक्रमित देखिन थालेको छ । अहिले देखिएकी महिला खजुराकी दोस्रो संक्रमित हुन् । यसअघि त्यहाँ एकजना पुरुषमा कोरोनो देखिसकेको छ । नरैनापुरमा ७४ जना पुगेका छन् । नेपालमा भने ४ सय ५७ जना संक्रमित पुगेका छन् ।