सत्ताइस सय आए, अठ्ठाइस सय गए

नेपालगञ्ज – नाकामा भारततिर फसेका नेपालीको उद्धार गरिएको छ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहका अनुसार, नेपालगञ्ज नाकाबाट दुई हजार सात सय ३८ जना नेपालीलाई नेपाल ल्याइएको छ । भारतका विभिन्न शहरमा पुगेका नेपालीहरु घर फर्किदा लकडाउनले गर्दा नाकामा अलपत्र परेका थिए ।
नेपालगञ्ज भित्र्याइएका नेपालीलाई सवारी साधनको व्यवस्थापन गरेर सम्बन्धित जिल्ला पठाइएको छ । बाँकेको हकमा महेन्द्र बहुमुखी क्याम्पसमा ल्याउदै त्यहाँबाट सम्बन्धित पालिकातिर पठाइएको छ । बाँकेका साढे चार सय बढी रहेका छन् ।
नेपाली ल्याइरहदा बाँकेमा रहेका भारतीयलाई पनि पठाइएको छ । प्रहरी प्रवक्ता सिंहका अनुसार, दुई हजार आठ सय ११ जना भारतीयलाई पठाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !