बाँकेको स्याम्पल दाङमा

नेपालगञ्ज – बाँकेबाट संकलन गरेको स्याम्पल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, पीसीआर ल्याब घोराही दाङ पठाइएको छ ।
भेरी अस्पताल, नेपालगञ्जमा चाप बढेपछि बाँकेको नरैनापुरबाट बुधबार संकलन गरिएको २ सय २३ वटा स्याम्पल दाङ पठाइएको हो । बाँकेमा कोरोना संक्रमितको संख्या बढ्दा पीसीआर जाँचलाई तिब्रता दिइएको छ ।
भेरीमा बाँकेका साथै बर्दियाबाट समेत धेरै स्याम्पल आएकाले नरैनापुरबाट लिइएको स्याम्पल दाङ पठाइएको हो । दाङ पठाइएको स्याम्पलको पोजिटिभ देखिएमा भेरीले ‘रिचेक’ गर्ने बुझिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जिल्लामा ५ सय ४६ वटा स्याम्पल रिपोर्ट आउन बाँकी रहेको जानकारी दिनुभयो । बाँकेमा ९९ जनामा कोरोना देखिएको छ । तीमध्येमा एकजनाको मृत्यु भइसकेको छ ।


error: यो सुविधा उपलब्ध छैन !