नरैनापुरमा दुई दिनमा डेढ सय थपिए

फाइल तस्बिर

नेपालगञ्ज – नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा शनिबारसम्म ६ सय २६ जना थिए । सोमबार विहानसम्म आइपुग्दा ७ सय ७९ जना पुगेका छन् ।
यो तथ्यांकले यो नाकाबाट दैनिक मानिस थपिरहेको देखाउँछ । नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मोइन खाँका अनुसार, नरैनापुरमा भित्रिनेको संख्या बढिरहेको छ । पालिकाले क्वारेन्टाइन पनि थपेको छ । अहिले त्यहाँ १३ वटा क्वारेन्टाइन रहेका छन् । क्वारेन्टाइनमा ७ सय ७९ जना बसिरहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जिल्लामा अहिले एक हजार एक सय ६४ पुरुष र ६१ जना महिला गरी एक हजार दुई सय २५ जना क्वारेन्टाइनमा बसिरहेको जानकारी दिनुभयो । शनिबारसम्म क्वारेन्टाइनमा बस्ने एक हजार एक सय २६ जना थिए ।
यसैबीच, नरैनापुरको वडा नं. ५ को दिपेन्द्र माविमा रहेका ३८ जनालाई जयकिसन मावि, भोजभगवानपुर सारिएको छ ।
गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख खाँका अनुसार, दिपेन्द्र माविमा रहेका २५ वर्षीय युवकको मृत्यु भएपछि त्यहाँ रहेका अरुलाई अन्यत्र सारिएको हो । दिपेन्द्र माविमा रहेका ३८ जनालाई जयकिसन माविको छेउमा टेन्ट टाँगेर राखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !