क्वारेन्टाइनमा रहेका व्यक्तिको मृत्यु
नेपालगञ्ज – बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका एकजनाको मृत्यु भएको छ ।
नरैनापुरस्थित दिपेन्द्र मावि, भोजभगवानपुरमा रहेको क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवाको मृत्यु भएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मोइन खाँले जानकारी दिनुभयो ।
उनी बैशाख ३० गते भारतबाट आएर क्वारेन्टाइनमा थिए । गएराती तीन बजे वान्ता हुनुका साथै एक्कासी ज्वरो देखिएको र विहान ६ बजेर ४० मिनेटको मृत्यु भएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेको टोलीले ती युवासहित नरैनापुरबाट हिजो मात्रै २ सय ६३ जनाको स्वाव लिएको थियो । नरैनापुरमा आठ जनामा कोरोना देखिएपछि उनको सम्पर्कमा रहेको भनिएका तीन सय जनाको स्वाव लिने स्वास्थ्य कार्र्यालयले जनाइसकेको छ । स्वास्थ्य शाखाका प्रमुख खाँका अनुसार, अहिले युवाको शव क्वारेन्टाइनमा रहेको छ । कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा छलफल भइरहेको छ ।