३० जना सशस्त्र प्रहरीको स्वाव संकलन

नेपालगञ्ज – जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले ३० जना सशस्त्र प्रहरीको स्वाव संकलन गरेको छ ।
सशस्त्र प्रहरीको क्षेत्रीय अस्पताल, कोहलपुरका ३० जनाको स्वाव लिइएको हो । कोरोना संक्रमितको सम्पर्कमा रहेको कुरा आएपछि सशस्त्र प्रहरीको स्वाव लिइएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले आज संकलन गरिएको ३० जना सशस्त्र प्रहरीसहित एक सय १३ जनाको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिनुभयो ।
बाँकेमा २५ जनामा कोरोना संक्रमण देखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !