स्याम्पल कलेक्सन तालिम

नेपालगञ्ज – बाँकेका स्वास्थ्यकर्मीलाई पीसीआर स्याम्पल संकलन तालिम दिइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले स्थानीय तह र अस्पतालका २० जना ल्याब टेक्निसियन र ल्याब असिस्टेन्टलाई स्याम्पल संकलन तालिम दिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, २० जनालाई तालिम दिएसँगै जनशक्ति बढेको बताउनुभयो । तालिमको भेरी अस्पतालका डाक्टर, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखलगायतले सहजीकरण गरेका थिए । जनशक्ति अभावले गर्दा काममा असर परिरहेको बेलामा गरिएको तालिम प्रभावकारी हुने विश्वास गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !