कोरेक्ससहित ‘होमगार्ड’ पक्राउ

 

नेपालगञ्ज – भारतीय ‘होमगार्ड’ लागु औषधी कोरेक्ससहित पक्राउ परेका छन् ।
होमगार्डको पोशाक नै लगाएर मोटरसाइकलमा नेपालगञ्ज नाका जमुनाहा आइपुगेका रामकिसुन सरोज ४१ बोतल कोरेक्ससहित पक्राउ परेका हुन् । रामकिसुन जमुनाहा नाका देखिरहन्थे । होमगार्डको पोशाकमै आउने उनले कोरेक्स ल्याएर नजिकको ‘सम्पर्कवाला’ व्यक्तिकहाँ छोडेर जाने गरेको पाइएको छ । लकडाउनको बेलामासमेत सोमबार साँझ साढे ६ बजे कोरेक्स बोकेर आएपछि उनी प्रहरीको नजर परेको बुझिएको छ ।
बाँके प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले कोरेक्ससहित होमगार्ड पक्राउ परेको बताउनुभयो । यद्यपि, होमगार्ड रामकिसुनले आफ्नो नभएको दावी गरेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !