बर्दियामा पनि देखियो कोरोना

नेपालगञ्ज – बर्दियामा पनि कोरोना संक्रमण देखिएको छ । राजापुर–५ की ११ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको हो ।
सोमबार एकै दिन २४ जना संक्रमित थपिदा बर्दियाकी बालिका पनि परेकी हुन् । सोमबार बेलुका थप १३ जना संक्रमितहरुको संख्या थपिएसँगै एकै दिन संक्रमितहरुको संख्या २४ पुगेको हो ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिकुमार अधिकारीका अनुसार, कपिलवस्तुमा छ जना, रुपन्देहीमा छ जना र बर्दियामा १ जना गरी १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यी सबैको परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको थियो ।
यसअघि सोमबार बिहान कपिलवस्तुमा १० जना संक्रमित थपिएका थिए भने १ जना संक्रमित सप्तरीमा भेटिएका थिए । यीसँगै नेपालमा अब कोरोना संक्रमितको संख्या एक सय ३४ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !