नाकामा ५१ जना आइपुगेपछि…

नेपालगञ्ज – बाँकेको कालाफाटा र खडैचा नाकामा ५१ जना नेपाली आइपुगेका छन् । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता डीएसपी शिवबहादुर सिंहका अनुसार, कालाफाटामा २९ र खडैचामा २२ जना आएका छन् ।
पूर्वी तराईका नाकामा घर फर्किरहेका नेपालीको घुँइचो देखिएको छ । बाँकेमा पनि त्यस्ता दृश्य देखिन थालेका छन् । नेपाल र भारतमा लकडाउन भएपनि नेपालीहरु कसरी नाकासम्म आइपुगेका छन् ? प्रशासकहरुलाई छलफलको विषय बनेको छ ।
स्रोतका अनुसार, भारतीय प्रहरीले नेपालीलाई सहजै नाकासम्म आउन दिएका छन् । लकडाउन लम्बिदै जादा क्वारेन्टाइनमा राखेर स्वास्थ्य जाँच गरिसकेका नेपालीलाई भारतीय प्रहरीले छोडेको पाइएको छ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी सिंहले नाकामा आइपुगेका व्यक्तिलाई के गर्ने भन्ने बारेमा केन्द्रसँग छलफल गरिरहेको जानकारी दिनुभयो ।
५ नम्बर प्रदेशको कपिलबस्तु र रुपन्देहीमा कोरोना देखिएका अधिकांश व्यक्ति भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !