५७ जना थपिए

नेपालगञ्ज – नेपालमा मंगलबार ५७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार, कपिलबस्तु, रुपन्देही, पर्सा र बारामा संक्रमित थपिएका छन् । कपिलबस्तुमा ८, रुपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना नयाँ संक्रमित भेटिएको मन्त्रालयले जानकारी दिएको छ । संक्रमितहरु सबै पुरुष हुन् ।
सहप्रवक्ता डा. अधिकारीका अनुसार, संक्रमितहरु सबैको अवस्था सामान्य रहेको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या एक सय ९१ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !