नेपालगञ्जमा ३० र खजुरामा १८ को स्वाव संकलन
नेपालगञ्ज – बाँकेमा बिहीबार ४८ जनाको स्वाव संकलन गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, नेपालगञ्जमा ३० र खजुरामा १८ जनाको स्वाव संकलन गरिएको छ ।
खजुराको रनियापुर, सोनपुर र उढरापुरमा ५÷५ जना, डीगाउँ, भण्डारिया र क्यान्सर अस्पतालका एक÷एक जनाको स्वाव संकलन गरिएको छ । सुर्खेतरोडस्थित गुरुद्वारा अगाडि बसेर ३० जनाको स्वाव लिइएको छ ।
नेपालगञ्जमा बुधबार संकलन गरिएको एक सय ३६ वटा स्वावको रिपोर्ट आइपुगेको छैन । सबै स्याम्पलको परीक्षण भइरहेको अस्पतालले जनाएको छ । भेरी अस्पतालले नेगेटिभ आएमा आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गर्ने गरेको छ भने पोजिटिभ आउदा काठमाडौंबाट सार्वजनिक हुने गरेको छ ।