आँगनमा दिसा गरिरहेकी बालिकाको आपको हाँगाले लाग्दा मृत्यु

नेपालगञ्ज – विहान आएको हावाहुरीमा आपको हाँगा भाँचिएर लाग्दा बालिकाको मृत्यु भएको छ ।
बाँकेको गनापुरस्थित बुडियागाउँमा बिहीबार विहान घरको आँगनमा दिसा गरिरहेकी दश वर्षीया बालिका नजिमन खाँको हाँगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जानकारी दिएको छ ।
आँगनमा दिसा गरिरहेको बेलामा एक्कासी आपको हाँगाले लागेपछि नजिमन गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज लगिएको थियो । विहान आठ बजेर दश मिनेट जादा बालिकाको मृत्यु भएको थियो ।
बाँकेमा विहान ठूलो हावाहारी आएको थियो । हावाहुरीले तरकारी खेती गरेका किसानलाई ठूलो क्षति पु¥याएको छ । खजुराको गौघाटस्थित नेचर गार्डेन एण्ड एग्रो फर्ममा हावाहारीले ठूलो पु¥याएको प्रवन्धक पृथ्वीराज बर्माले जानकारी दिनुभयो । अधिकारीहरुले जिल्लाभरीमा हावाहारीले पु¥याएको क्षतिको विवरण लिने काम गरिरहेको जनाएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !