चोर शिकारीले थापेको पासोमा मान्छे परेपछि…

नेपालगञ्ज – कोहलपुरको मितेरी सामुदायिक वनमा चोर शिकारीले थापेको पासोमा मान्छे परेका छन् ।
कोहलपुर–७, लखनाका ठाकुर थारु चोर शिकारीले थापेको पासोमा परेका हुन् । गएराती गोठ बनाउनका लागि सामुदायिक वनमा डाडाभाटा काट्न चार जनासहित पुगेका थारु चोर शिकारीले थापेको एकनाले बन्दुकको पासोमा परेको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ । पासो थापेको बन्दुक पड्किदा थारुको हिप छेडिएको छ ।
सामुदायिक वनको डुडुवापारी मृगले माटो चाट्न आउने ठाउँमा शिकारीले पासो थापेका थिए । नुनिलो माटो रहेकाले मृग त्यहाँ आउँथ्यो । मृग माटो चाट्न आउदा पासोमा पार्न शिकारी लागि परेका थिए । सामुदायिक वनमा रातीमा काठ काट्न गएका चार जनामध्ये ठाकुर पासोमा परेका हुन् । ठाकुरको अहिले मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !