चार घण्टा खुकुलो, सवारी साधन निषेध
नेपालगञ्ज – अत्यावश्यक सामान खरिदका लागि नेपालगञ्जमा शुक्रबारदेखि चार घण्टा खुकुलो पारिएको छ ।
सर्वपक्षीय बैठकले शुक्रबारदेखि विहान ११ देखि तीन बजेसम्म अत्यावश्यक सामान खरिदका लागि खुकुलो गरेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले हरेक दिन ११ देखि तीन बजेसम्म अत्यावश्यक सामान खरिद र आपूर्तिका लागि निस्किन दिइने बताउनुभयो । ‘सवारी साधन पूर्णरुपमा निषेध गरिएको छ । पैदल हिडेर ११ देखि तीन बजेसम्म अत्यावश्यक सामान खरिद गर्न सक्छन्, प्रजिअ खड्काले भन्नुभयो, चार घण्टा बाहेक घर बाहिर निस्किन पाइदैन ।’
नेपालगञ्जमा एकाएक २३ जनामा कोरोना देखिएपछि सर्वपक्षीय बैठकले नै तीन दिन निषेधित क्षेत्र घोषणा गरेको थियो । त्यो घोषणा आज राती सिधिनेछ ।