घाइते वडाध्यक्षलाई काठमाडौं लगियो

नेपालगञ्ज – स्थानीयको कुटपिटबाट गम्भीर घाइते भएका कालिकोटका वडाध्यक्ष रत्नबहादुर न्यौपानेलाई काठमाडौं लगिएको छ ।
उपभोक्ता समितिको विषयमा विवाद हुँदा कुटपिटमा परेका पचालझरना गाउँपालिका वडा नं. १ का वडाध्यक्ष न्यौपानेलाई थप उपचारका लागि बाँकेको कोहलपुरमा ल्याइएको थियो । मेडिकल कलेज कोहलपुरले रिफर गरेपछि वडाध्यक्ष न्यौपानेलाई आज शनिबार काठमाडौं लगिएको हो । मनाङ एयरको जहाजबाट वडाध्यक्ष न्यौपानेलाई काठमाडौं लगिएको छ ।
१७ गते उपभोक्ता समितिको विषयमा विवाद हुँदा वडाध्यक्ष न्यौपाने कुटिएका थिए । उनलाई कुट्नेलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !