कस्तो आउला संक्रमितका घरपरिवारको रिपोर्ट ?

नेपालगञ्ज – नेपालगञ्जमा कोरोना संक्रमण देखिएका व्यक्तिका ‘परिवार र उनको सम्पर्कमा रहेका’हरुको कोरोना परीक्षण थालिएको छ ।
प्रहरी प्रशासनको उपस्थितिमा स्वास्थ्यकर्मीले संक्रमित व्यक्तिका घरपरिवार, उनी जाने मस्जिद र मदरसाका विद्यार्थीको कोरोना परीक्षण थालिएको हो । शनिबार विहानदेखि स्वास्थ्यकर्मीको टोली उनीहरुको स्वाव लिइरहेका छन् ।
डीएसपीरोडमा बस्ने ती व्यक्तिमा कोरोना संक्रमण देखिएपछि उनको घर आसपास, उनी जाने जुलाहनपुरुवाको मस्जिद र मदरसालाई डोरीले घेरेर सील गरिएको छ । संक्रमितका घरपरिवार, उनीसँग दैनिक सम्पर्क रहेका व्यक्तिहरुको छिटो भन्दा छिटो कोरोना जाँच गर्न अधिकारीहरु लागेका छन् । उनका घरपरिवारको रिपोर्ट कस्तो आउला चासोको विषय बनेको छ ।


error: यो सुविधा उपलब्ध छैन !