धम्बोझीका शंकास्पदको पुनः जाँच गर्दा रिपोर्ट ‘नेगेटिभ’

नेपालगञ्ज – धम्बोझी मस्जिदका शंकास्पद व्यक्तिको रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।
फूलबारी मस्जिदमा ११ जनाको कोरोना जाँच गर्दा एकजनाको रिपोर्ट पोजिटिभ आएको थियो भने अर्काको शंकास्पद रिपोर्ट आएको थियो । त्यही शंकास्पद व्यक्तिको पुनः स्वाव लिएर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
शंकास्पद रिपोर्ट आएका व्यक्तिलाई खजुरास्थित क्यान्सर अस्पतालमा बनाइएको आइसोलेसन कक्षमा राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन श्रेष्ठले पुनः जाँच गर्दा उनको रिपोर्ट नेगेटिभ आएकाले अब क्वारेन्टाइनमा राखिने बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !