असहिष्णु शाहीकाल

क्रमशः
बाँकेबाट सुरु महिला क्रिकेटले देशव्यापी चर्चा बटुल्यो । म निकै उत्साही थिएँ । महिला क्रिकेटको उदयमा नेतृत्व गरेकाले क्रिकेट विकासमा थप जिम्मेवारी पाउने आशा जागेको थियो । तर, हामीले प्रतियोगिता सुरु गर्नु एक महिनाअघि राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएर आफै मन्त्रिपरिषद् अध्यक्ष बनेका थिए । उनको सरकारले क्यान विघटन गरिदियो । पुनःगठित क्यानमा म परिन, जिम्मेवारविहीन बनाइयो । युद्ध जितेको सिपाहीले तक्मा पाउँछ, मैले पनि महिला क्रिकेट शुभारम्भ गरेर ठूलै युद्ध जितेको ठानेको थिएँ । तर, शाही सरकारले मलाई हटायो र क्षेत्र नं. ५ नेपालगन्ज हेर्ने गरी सुनिलसिंह हमाललाई केन्द्रीय समितिमा मनोनीत ग¥यो । केन्द्रीय सदस्य नै क्षेत्रीय अध्यक्ष हुने प्रावधान थियो । मेरो कार्यसमितिका सचिव हमाल अध्यक्ष हुँदा धेरै दुःख मनाउ गर्नुपर्ने त थिएन । कम्तीमा उनी राम्रोसँग क्रिकेट बुझेका व्यक्ति थिए । मेरा लागि उनी सधैं ‘मम्मु दाइ’ हुन् । तर, त्यो घटनाले क्रिकेटबाट मलाई पाखा लगाउन खोजेको महसुस चाहिँ मैले गरेँ । २०६० चैतमा किशोरबहादुर सिंहले राखेपको बागडोर सम्हालेसँगै मलाई क्यानमा मनोनीत गरिएको थियो । पछि उनैले मलाई बाहिर पठाए । २०६२ साउन ५ गते म जिम्मेवारीमुक्त भएपनि पहिलो महिला क्रिकेट सम्पन्न भएपछि रिपोर्ट तयार गर्ने र निकासा भुक्तानीमै केही समय बित्यो ।
प्लान इन्टरनेसनलसँग अझै ठूलो साझेदारी गर्ने तयारी भइरहेका बेला जिम्मेवारीविहीन हुँदा थोरै पीडा पनि महसुस गरेको थिएँ । क्षेत्रीय अध्यक्ष हुनासाथ हमालले मिलेर अघि बढ्लान् भन्ने ठानेको थिएँ । तर, उनको ध्यान आर्थिक कारोबारमा मात्र देखियो । त्यतिबेला क्यानले वार्षिक ५० हजार अनुदान दिन्थ्यो । नवगठित समितिले त्यही हिसाबका लागि बारम्बार ताकेता गरिरह्यो । म सधैँ पारदर्शितामा विश्वास गर्छु । खेल्न जाँदासमेत भत्ता र भाडामा आफ्नो अधिकारका लागि थुप्रैपटक आवाज उठाएको छु । संस्थागत कारोबार त झन् सबैले बुझ्ने गरी हुनुपर्छ भन्ने मेरो मान्यता रहन्छ । त्यसैले आयव्ययको कागजपत्र सङ्कलन गर्दै थिएँ । तर, नवगठित समितिले बुझबुझारथ र आर्थिक हिसाबकिताबका लागि निकै दबाब दियो । अपमानित गर्ने गरी ताकेता गरेपछि मलाई पनि झ्वाक चल्यो । भनिदिएँ, ‘यो चुनावी समिति हो । म निर्वाचित समितिलाई हिसाब बुझाउँछु ।’ राखेपले निर्वाचन गराउनका लागि भन्दै क्यान पुनःगठन गरेको थियो । त्यसै पनि क्यान तदर्थवादमै टिकिरहेको थियो ।
हमाल नेतृत्वको समिति अलि बढी नै मविरुद्ध लागेको थियो । जबकि, हिसाबकिताबका मुख्य साक्षी सचिवका रूपमा उनी आफै थिए । बैंकिङ खाता हामी दुईको हस्ताक्षरबाट चल्थ्यो । मैले त्यतिबेला उनको मनोविज्ञान बुझ्न सकिन । त्यसैले भनेको थिए, ‘निर्वाचित समितिलाई हिसाब बुझाउछँु ।’ साथीहरूको त्यो व्यवहारले म निकै तनावमा परेँ । मन दुख्यो भने तन पनि दुख्दो रहेछ सायद । म बिरामी नै परे । पारदर्शी हिसाबमा गडबडी भएझैँ के भाका राख्नु भनेर मैले सन्चो भएपछि आर्थिक आयव्यय बुझाउने वचन दिएँ । तैपनि, साथीहरूले मानेनन् । उल्टै घुक्र्याए, ‘भोलि नआए पत्रिकामा सूचना छाप्छौँ ।’ हलेदो हो भन्ने थाहा पाइसकेपछि के कोट्याउनू ? मेरो खुट्टा तानेर आफू अग्लो देखिने मनसाय बुझेपछि विवाद छताछुल्ल गरेर जुर्मुराउन लागेको क्रिकेटलाई बदनाम गर्न मन लागेन । त्यसैले बिरामी भए पनि नवगठित समितिलाई तत्काल हिसाब बुझाउन जाने निधो गरेँ । एलर्जीले मुख सुन्निएको थियो । रुमाल बाँधेर हिँड्नु पथ्र्यो । म मुखमा रुमाल बाँधेर क्षेत्र नं ५ को कार्यालय गए ँ। बिनाकसुर पनि कुनै अपराधी या अभियुक्तझै अनुभूति भइरहये । शङ्काको कुनै गुन्जायस नदिएरै मैले सरासर पम्राणसहित हिसाबकिताब बुझाए । क्रिकेटमा मेरो योगदान बिर्सेर साथीहरूले अपमान गरेझै लाग्यो । शाहीकाल थियो, शाही सरकारले मनोनीत गरेको कार्यसमिति थियो । त्यसैले धेरै पौठँेजोरी खेल्नु पनि भएन । तर, एउटा निवर्तमान अध्यक्ष र क्यान केन्दी्रय सदस्यप्िरत हमाल दाइ टिमले हिसाब फस्र्यौट गर्ने निहुँमा मेरो हुर्मत लिन खोजेको थियो । आज पनि सम्झिदाँ उदेक लागेर आउँछ । जिम्मेवारीबाहिर रहँदा पनि दाता संस्थाले मलाई नै सम्झिए । छात्रा क्रिकेट दोसा्रे संस्करणका लागि क्षेत्र नं. ५ फेरि पनि प्लान नेपाललाई गुहार्न पुग्यो । कार्यक्रम प्रमुख गोपाल नेपाल थिए । उनले मलाई बोलाए । मैले राम्रैसँग सहजीकरण गरिदिए । मलाई त महिला क्रिकेटले एउटा लय समातेको हेर्ने रहर थियो, जुन मेरो सपना थियो । दोस्रो संस्करण २०६२ का लागि ६ लाख ९८ हजार ८ सय ८० को पस््रताव स्वीकृत भयो ।
क्यान क्षेत्र नं. ५ को व्यवहारबाट रुष्ट साथीहरूले मलाई त्यतिबेला कोहलपुर युथ क्लबबाट महिला क्रिकेटलाई निरन्तरता दिऊँ भनेर लबिङ गरेका थिए । मैले चाहेको भए हुन्थ्यो पनि । तर, मनले मानेन । म पदमा रहुँ या नरहुँ, संस्थालाई मान्नुपर्छ । व्यक्तिले आँट्ने हो, संस्थाले संस्थागत गर्ने हो । तर, साथीहरू यति कतृघ्न भए कि महिला क्रिकेटको परिकल्पनाकार अनि थालनीमा नेतत्ृव गरेको मलाई निम्तोसमेत गरेनन् । तर, महिला क्रिकेटको निरन्तरताले मलाई खुसी नै लाग्यो । दोस्रो संस्करणमा ३२ विद्यालय सहभागी थिए ।
क्रमशः

(एलबी क्षेत्री नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने पहिलो पुस्ताका खेलाडी हुन् । पहिलो एसीसी ट्रफी (मलेसिया) मा टिम उपकप्तान रहेका उनले दोस्रो एसीसी (काठमाडौं) को कप्तानी सम्हाले । भारतीय शहर कोलकाताबाट क्रिकेट शुरु गरेर ए डिभिजन खेलेका क्षेत्री नेपाल आएर क्लवस्तरीय प्रतियोगिता खेल्दै १९९८ मा राष्ट्रिय टिमको कप्तान भए । उनकै नेतृत्वमा नेपालमा महिला क्रिकेटको उदय भयो । कप्तान १९९८ पुस्तकमा क्षेत्रीले अति राजनीतिले दिशाविहीन बन्न पुगेको नेपाली क्रिकेट, आफ्नो खेल जीवनका अनुभव, संघर्ष र भोगाईलाई उतारेका छन् । क्रिकेट बुझ्न चाहनेका लागि यो पुस्तक बरदान नै सावित हुने विश्वास गरेका छौ ।
क्रियटिभ बुक्सले प्रकाशन गरेको क्षेत्रीको ‘कप्तान १९९८’ पुस्तकको सहलेखन कुमार श्रेष्ठ र सम्पादन जनक नेपालले गरेका हुन् । उक्त पुस्तकको अंश प्रस्तुत गर्ने जमर्को गरेका छौं । हरेक शनिबार क्रमशः प्रकाशन हुने पुस्तक अंश पढ्नका लागि www.sunpani.com लाई लाइक गर्नुहोला । कोहीलाई यो पुस्तक चाहिएमा क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरी (९८५१०९३२३४) लाई सम्पर्क गर्न सक्नु हुनेछ ।)


error: यो सुविधा उपलब्ध छैन !