नागरिकता नपाएपछि…
नेपालगञ्ज – अदालतले आदेश गर्दा पनि नागरिकता नपाएको भन्दै १६ जनाले राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्जमा उजुरी गरेका छन् ।
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलाशले विभिन्न मितिमा आमाको नाममबाट नागरिकता दिन आदेश गरेपनि जिल्ला प्रशासन कार्यालयले नागरिकता नदिएपछि सूचना र मानव अधिकार अनुसन्धान केन्द्रमार्फत १६ जना आयोगमा पुगेका हुन् ।
नेपालगञ्जका कालादेव बस्कोरले अदालतको आदेशनुसार जिल्ला प्रशासन कार्यालय, बाँकेले नागरिकता दिन आलटाल गर्दै आएको बताउनुभयो ।