स्थानीय तहमा संयन्त्रकै कुरा

नेपालगञ्ज – बाँकेका राजनीतिक दलहरुले स्थानीय तहमा राहत वितरण गर्दा सर्वदलीय संयन्त्र गठन गरी विपन्न घरपरिवारको पहिचान गरेर वितरणको व्यवस्था मिलाउन स्थानीय तहलाई अनुरोध गरेका छन् ।
नेकपा, बाँकेको पार्टी कार्यालयमा बुधबार बसेको बैठकले राहत वितरण गर्दा सरकारले निर्देशित गरे अनुसार एकद्वारबाट वितरण गर्न आग्रह गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय प्रशासनलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकले जिल्लाका लागि आवश्यक भीटीएम, पीसीआर किटलगायतका स्वास्थ्य सामग्री तत्काल उपलब्ध गराउन संघीय सरकार र प्रदेश सरकारसँग माग गरेको छ ।
बैठकले लकडाउनको पूर्ण पालनाका लागि जिल्लाबासीमा अनुरोध गर्दै थप व्यवस्थित बनाउन स्थानीय प्रशासनलाई अनुरोध गरेको छ । बैठकले लकडाउनको आधारभुत मापदण्ड पुरा गर्दै विकास परियोजनाको काम सञ्चालन गर्न स्थानीय प्रशासन र स्थानीय तहलाई अनुरोध गरेको छ ।
बैठकमा नेकपा बाँकेका अध्यक्ष आइपी खरेल र सचिव अशोक कोइराला, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणा, नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला, समाजवादी पार्टीका जिल्ला अध्यक्ष कमरुद्धिन राइन, राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेल, राष्ट्रिय जनमोर्चा बाँकेका अध्यक्ष जगदीश ढकालको उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !