तीन बालकको डुबेर मृत्यु

नेपालगञ्ज – बैजनाथ गाउँपालिकाको पितमारीमा तीन बालकको डुबेर मृत्यु भएको छ ।
निर्माणाधीन औद्योगिक क्षेत्र भित्रको खोल्सोमा पौडी खेल्न पुगेका १३ वर्षका नविन परियार, १२ वर्षका नरेश कुँवर र ११ वर्षका अनिल रावतको डुबेर मृत्यु भएको हो । बालकहरु दिउँसो पौडी खेल्न पुगेका थिए ।
इलाका प्रहरी कार्यालय, कोहलपुरका अनुसार, औद्योगिक क्षेत्र परिसरभित्रको खोल्सोमा डुबेर तीन बालकको मृत्यु भएको छ । खोल्सोमा तल हिलो थियो । बालकको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज लगिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !